लालबाबु सिंह २३ कार्तिक बिरगंज । हिन्दूहरूको महान पर्ब छठको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लब बिरगंजले रक्तदान कार्यक्रम को आयोजना सम्पन्न गरेको छ।
छठ पर्बको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ८२ जनाले रक्तदान गरेका छन। आफ्नो अमुल्य रगत दान गरि कसै को ज्यान बचाउने मानवताप्रेमी रक्तदाता हरु आशिष कुमार, लक्ष्मी साह कानु , रोहित गुप्ता, सन्तोश कुमार केशरी, दिपेश सेन लगायत रक्तदाताहरु ले रक्तदान गरेका थिए ।
घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष लखनलाल गुप्ताको सभापतित्व र वीरगंज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजित रक्तदान कार्यक्रमको सुरुवात वीरगञ्ज महानगरपालिका का कार्यपालिका सदस्य सुशील कुमार कानुले रक्तदान गरेर शुभारम्भ गर्नु भएको थियो ।
सो कार्यक्रम का अतिथी हरु छठ पुजा ब्यवस्थापन समिती का अध्यक्ष प्रेम साह कानु , जि पि कोइराला फाउन्डेसन पर्सा का सभापती मो. सहाबुद्दिन लगायत सो क्ल्ब का सन्तोश मरहटा,अङ्गद साह , मुकेश कलवार , वासुदेव कलवार लगायत को सहभागिता रहेको सन्नी कुमार सराफ ले बताउनु भयो ।
घडिअर्वा स्पोर्ट्स क्लबले प्रत्येक वर्ष छठ पर्वको अवसरमा रक्तदानको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्