जनकपुरधाम, कार्तिक २३ गते। हिन्दुहरुको महान पर्व छठको अवसरमा प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले छठका ब्रतालुहरुलाई पर्वका लागि साडी तथा सामग्री किनमेल गर्न रकम समेत वितरण गरेका छन।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १० का छठ ब्रतालुहरुलाई साडी तथा सामग्री किनमेल गर्न रकम वितरण गरेका हुन।स्थानीय रामलखन मण्डलको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जसपा नेता देवेन्द्र झा,जसपा क्षेत्रिय अध्यक्ष रामचन्द्र साह, जसपा प्रदेश समिति सदस्य दिनेश यादव लगायतका उपस्थित रहेको थियो ।
मन्त्री साहले ११० जना ब्रतालु महिलाहरुलाई उक्त सामग्री वितरण गरेका हुन।
प्रतिक्रिया दिनुहोस्