जनकपुरधाम । पशु स्वास्थ्य सेवा प्राविधिक संघ प्रदेश नम्बर २ को सचिवमा धनुषाका प्रा. रबिन्द्र यादव चयन भएका छन् । उनी सर्व सहमतिले चयन भएका हुन् ।
आईतबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित संघको दोस्रो भेला एवम् अधिबेशनबाट यादवलाई सर्वसहमतिले सचिव पदमा चयन गरिएको हो ।
सँघका प्रदेश अध्यक्ष अनिरुद्ध साहको अध्यक्षता तथा प्रदेश नम्बर २ को भौतिक पूर्वाधार तथा यातायात मन्त्री राम सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट यादवलाई सचिव पदमा सर्वसहमतिले चयन गरिएको हो ।
यादव पूर्वी धनुषाको कमला नगरपालिकास्थित पशु सेवा शाखाको शाखा प्रमुखको रुपमा कार्यरत छन् । उनी आफ्नो शाखामा कुशल कार्य सम्पादनले चिनिन्छन् । उनलाई मन्त्री यादवले प्रमाणपत्र दिँदै बधाई समेत दिएका थिए ।
























