जनकपुरधाम मंसिर १ गते । मुख्यमन्त्री मो. लालबाबू राउतका प्रमुख स्वकीय सचीव जितेन्द्र यादव प्रति बिशेष आभार गर्दै वहाँ सगं भएको विभिन्न तीन चरणको छलफल एवम सम्बाद कार्यबाट हामी हर्षित एवम आशावादी छौ भने समाजवादी दलित मुक्ति संगठनका प्रदेश न २ का अध्यक्ष रामु महराले बताउनु भयो ।
समाजका सब भन्दा तल्लो धरातलमा रहेका दलित जनसमुदायको समग्र बिकासको सन्दर्भमा भएको आजको चरणबद्ध बैठक एबम छलफल उपलब्धिमुलक रहयो । दलित समस्या एबम तिनका समाधानका बिषयमा आजको बैठक निर्णायक रहयो। दलित समुदायको शिक्षा, स्वास्थय, रोजगारी, सुरक्षा एबम सम्मान लगायत विभिन्न पहलुहरुमा गहन छलफल भयो। हाल शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी केही कार्ययोजना बनेको छ। दलित मुक्तीका लागि कट्टिवद्ध रहेका जनता समाजवादी दलित मुक्ति संगठन, प्रदेश २ को पहलमा आगमी दिनहरुमा दलित समुदायको समुच्चा बिकासका लागि विभिन्न गतिविधि सचालन हुनेछ भने कुरा महराले जानकारी गराउनु भयो।
यसका लागि हर सम्भव प्रयास एबम संघर्ष गर्नेछौ । ज स पा नेपालका केन्द्रिय सदस्य एबम ज स द मु स केन्द्रिय स इन्चार्ज चन्देश्वर पासमान, ज स पा नेपालका नेता चन्देश्वर सदा, संगठनका प्रदेश 2 अध्यक्ष रामो महरा, सचीव ललिता दास एबम सदस्य बिरेन्द्र सदा लगायतको उपस्थितिमा सप्पन्न भएको बैठक उपलब्धिमुलक हुनेछ भने आशाका साथ सम्पूर्ण सहयोगी हातहरुमा बिशेष धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस्