संतोष कुमार यादव
जनकपुरधाम मंसिर २ गते । कमला नदी कार्तिक पुर्णिमा भक्तजनहरुको जाँदै क्रममा तिनकैरीया स्थित ट्रयाक्टर दुर्घटना भएको हो। भिडभाड क्रममा ट्रयाक्टर चालकले तीब्र गतिमा चलिरहेको र ट्रयाक्टर चालक फरार भएको स्थानीयले बताए।
प्रत्येक वर्ष जस्तै कार्तिक पुर्णिमा दिन यस वर्ष पनि धनुषा र सिरहा जिल्लाको सिमाना समेत मानिने कमला नदीमा रोचक दृश्य र भिडभाड देखिएको छ । पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु आफनो हातमा माटोको ढकनामा बलेको आगो र बेतको लठ्ठी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै कमला नदीमा पुग्ने गरेको सो दृश्य अति नै रोचक हुन्छ । यो एक परम्परा र आस्थाको भिडभाड हो भन्दा पनि हुन्छ ।
सूर्योदयसँगै शुक्रवार बिहानै हजारौँ सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने परम्परा छ । विहीवार रातिबाटै कमलानदी किनारमा भूत खेल्नेहरुको घुइँचो लागेको हुनेछ ।
प्रतिक्रिया दिनुहोस्