जनकपुरधाम, मंसिर १४ । जनता समाजवादी पार्टीका नेता जितेन्द्र कुमार यादवले रेल संचालनको विषयमा लाेसपाका नेता तथा कार्यकर्ताहरुले गर्दै आएको रोड शो ले रेल सञ्चालन नहुने बताउनु भएको छ ।
संघीय सरकारले अध्यादेश मार्फत कानुन ल्याएर रेल्वे सञ्चालनको तैयारी गरि रहेकै बेला लोसपाको नेताहरू ले चांसमा डांस गर्न खाेजेकाे आरोप लगाए ।
अध्यादेश मार्फत रेल्वे संचालनको कानुन ल्याउन
मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेश भै सकेको उहाले जानकारी समेत गराउनु भयो ।
त्यसै गरि नेता यादवले विवाह पञ्चमी महोत्सव लाई मध्यनजर गरि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले फोहर व्यवस्थापनमा सहयोग गरि रहेको समेत बताउनुभएकाे छ ।
विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा श्रद्धालु हरु जनकपुर आउने भएकाले जताततै फोहर बढ्ने हुँदा सरसफाइमा उपमहानगरपालिकाले ध्यान दिएको उहाले दाबी गर्नु भयो ।
विवाह पंचमी महोत्सव सरकारको मात्र न भैइ सम्पुर्ण जनकपुरवासिको साझा उत्सव रहेकोले सम्पुर्ण जनकपुरवासी लाई अपनत्व लिन उहाँले आग्रह समेत गर्नु भएको छ ।
जनकपुरधामलाई ग्रीन सिटि क्लीन सिटिकाे बनाउनका लागि प्रदेश सरकारले छुट्ट्याएको १० कराेड रुपैया छिटै निकाशा हुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्