जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले नयाँ शक्ति भातृ संगठन पिछडावर्ग (OBC )महासंघ नेपाललाई निर्माण गरिएको छ ।
मंगलबार अखिल नेपाल पिछडावर्ग महासंघले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा
जसपा र अखिल नेपाल पिछडावर्ग ( OBC ) महासंघले ३ बुंदे सर्व-सहमति सहकार्य गरि पिछडावर्ग OBC महासंघ नेपाल घोषणा हुनेछ ।
अखिल नेपाल पिछडावर्ग महासंघमा ३६ वटा जातजाति,
२२ अाेटा जिल्लामा संगठन बिस्तार र ६५ हजार सदस्य रहेको अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो बताए ।
पिछडावर्ग OBC काे अवाज कुनै पनि पार्टीले नस्वीकारकाे र जसपा पार्टीले अवाज सुनिदिएकाे प्रती धन्यवाद दिएका हुन ।
पिछडावर्ग (OBC) महासंघ नेपाल घोषणा जसपा अध्यक्ष उपेन्द्र यादवले गर्ने महताेले बताए ।
बाईट १ भरत प्रसाद महतो,अध्यक्ष,अखिल नेपाल पिछडावर्ग महासंघ
पिछडावर्ग ( OBC ) लाई भातृय संगठन बनाउने , पिछ्डावर्ग जातजातिको केन्द्र र प्रदेशमा सुचिकृत गराउने ।र पिछ्डावर्ग ( OBC ) उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने उल्लेख गरेको छ ।
२०५५ साल देखि पिछडावर्ग OBC को हक अधिकारको लागि संघर्ष गर्दै आएको २०७२ को संविधान अनुसार २०७८/०७/०८ गते महासंघ केन्द्रिय कार्यलयको निर्णय भएको थियो ।
मंसिर १७ गते ११ बजे देखि उद्योग बाणिज्य संघ जनकपुरको सभा हलमा कार्यक्रम आयोजना गरि सो संगठनको घोषणा हुनेछ । कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउत, जनकपुरधाम उप- महानगरपालिकाका मेयर लाल किशोर साह, लगायत जसपाका नेता, कार्यकर्ताहरुको सहभागिता हुनेछ । ।
प्रतिक्रिया दिनुहोस्