जनकपुरधाम । अखिल नेपाल पिछडावर्ग (ओविसि) महासंघ अब जनता समाजवादी पार्टी नेपाल(जसपा)को भातृसंगठन हुने भएको छ ।
ओविसि महासंघका अध्यक्ष भरत प्रसाद महतोले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरि जनता समाजवादी पार्टी (जसपा) नेपाल र अखिल नेपाल पिछडावर्ग महासंघ बीच ३ बुंदे सहमति गरेको जानकारी गराए । सहमति अनुसार ओविसि महासंघ नेपाल’ जसमाको भातृ संगठनको रुपमा १७ गते घोषणा हुनेछ । जसमाका अध्यक्ष उपेन्द्र यादव र ओविसिका अध्यक्ष भरत प्रदास महतोले संयुक्त रुपमा जनकपुरमा ओविसिलाई भातृ संगठनको रुपमा घोषणा जसपाको रहेको जसमाका नेता जितेन्द्र यादवले जानकारी दिए ।
अखिल नेपाल पिछडावर्ग महासंघमा रहेको ३६ वटा जातजाति, २२ ओटा जिल्लामा संगठन बिस्तार र ६५ हजार सदस्य रहेको अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष भरत प्रसाद महतो बताए ।
पिछडावर्गको आवाज कुनै पनि पार्टीले नस्वीकारको र जसपाले आवाज सुनिदिएको प्रती धन्यवाद दिएका हुन । पिछडावर्ग महासंघ नेपाल घोषणा जसपा अध्यक्ष यादवले गर्ने अध्यक्ष महतोले बताएका छन् । घोषणा पश्चात ओविसिको मांगलाई जसपाले पार्टीको मुद्दा बनाई अगाडि बढाउने बताईएको छ ।
अध्यक्ष महतोले भने, ‘अखिल नेपाल पिछडावर्ग महासंघ पिछडावर्ग महासंघलाई आउने दिनमा जसपाको मजबुत भातृसंगठन निर्माण गर्ने र पिछडावर्गमा पर्ने जातजातिहरुको केन्द्र र प्रदेशमा सुचिकृत गराउने र पिछ्डावर्ग उत्थान विकास समितिको पदाधिकारीको नियुक्ति गर्ने उल्लेख गर्नुभएको छ ।’
बिगत २०५५ साल देखि पिछडावर्गको हक अधिकारको लागि संघर्ष गर्दै आएको २०७२ को संविधान अनुसार २०७८ कार्तिक ८ गते महासंघ केन्द्रिय कार्यलयको निर्णय भएको थियो ।
पत्रकार सम्मेलनमा नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव भने, ‘नेपाल शोषण उत्पीडणमा परेको, अधिकारबाट पछाडी पारेका र हकअधिकार बञ्चित रहेका आदिवासी, जनजाति, दलित, मुस्लिम र मधेसमा बहुसंख्यक रहेका पिछडावर्ग पर्ने जातजातिहरुलाई जसपामा सामेल गराएर जसपा मजबुत र सम्पूर्ण वर्ग र जातजातिहरुको पार्टी रहेकोे बताए ।
मंसिर १७ गते ११ बजे देखि उद्योग बाणिज्य संघ जनकपुरको सभाहलमा कार्यक्रम आयोजना गरि जसपा अध्यक्ष उपेन्द्र यादव, प्रदेश(२ का मुख्यमन्त्री लाल बाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह उपस्थितमा सो संगठनको घोषणा हुने बताएका हुन् ।
अखिल नेपाल पिछडावर्ग महासंघलाई जसपामा सामेल गराउन बिशेष भुमिका केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादव र समाजवादी युवा संघ, धनुषा अध्यक्ष दिपेन्द्र कापरी लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता घोषणा गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्