जनकपुरधाम, मंसिर २२ गते । जसपाको भात्री संगठन समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ द्वारा संयुक्त रूपमा विवाहपँचमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरधामको रामानन्द चौकमा तिनदिने निःशुल्क स्वास्थ्य शिविर सहितको हेल्पडेस्क सेवा सँचालन गरेको छ ।
मंगलबारदेखि नै समाजवादी विद्यार्थी युनियन, र समाजावादी युवा संघ विवाहपँचमी महोत्सवमा आउने श्रद्धालुहरुको लागि निःशुल्क मास्कको साथै पानी र औषधी समेत वितरण गरि रहेको छ ।
समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपु कापरका अनुसार, रामजानकी विवाह महोत्सवमा हजारौं हजारको सँख्यामा देश विदेशबाट आउने श्रद्धालुहरुलाई सेवा स्वरुप निःशुल्क शिविर सँचालन गरिएको हो ।
जनकपुरधामको रामानन्द मुल चौकको दक्षिण साईड सँचालन गरिएको शिविरमा कोरोनालाई मध्यनजर गर्दै निःशुल्क मास्क, ठाउँ ठाउँमा चापाकलको अभावलाई मध्यनगर गर्दै स्वच्छ पानी र भीडभाडमा हुने सक्ने शारिरीक समस्यालाई मध्यनजर गर्दै निःशुल्क औषधी समेत वितरण सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्