काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिएका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए । उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न हुन्न बताए।
उनले भने विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्