जनकपुरधाम, मंसिर २५ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का नवनिर्मित वडा कार्यालयको भवन नगरप्रमुख लालकिशोर साहले उदघाटन गरेको छ ।
नवनिर्मित भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख लालकिशोर साहले भने, ‘देशमा संघीयता आएको र जनताले स्थानीय सरकारको प्रत्याभूत गर्न लागेको छ र आफ्नै वडा कार्यालय भवन भएकोमा स्थानीय जनताहरुले हर्षित भएको बताएका छन् ।
सो कार्यक्रममा वडा अध्यक्ष पुणेप्रताप यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्र, जसपाका नगर अध्यक्ष बिष्णुदेव साह र संजय चौधरी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेकोे थिए ।
प्रतिक्रिया दिनुहोस्