जनकपुरधाम, पुष ४ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले स्वस्थ युवा- समृद्ध प्रदेश उद्देश्यका साथ खेलकुद विकास गर्नुपर्ने कुरा बताउनुभएको छ।
राष्ट्रिय समाजवादी खेलकुद महासंघ धनुषा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले युवाको समृद्धि बिना देश र प्रदेश को आर्थिक समृद्धि र आर्थिक विकास हुन नसक्ने कुरा बताउनुभएको छ।
राष्ट्रिय समाजवादी खेलकुद महासंघ धनुषा का नव निर्वाचित अध्यक्ष रामबाबु रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय परिषद सदस्य बरिष्ठ खेलाडी रीतबहादुर श्रेष्ठ, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, खेलकुद महासंघ प्रदेश नं २ का उपाध्यक्ष तृय सुरेश यादव,असगर खांंण, बिरेन्द्र कर्ण सहित का वक्ताहरुले बोल्नु भएको थियो।
प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले नवनिर्वाचित समाजवादी खेलकुद महासंघ प्रदेश नं का उपाध्यक्ष, जिल्ला अध्यक्ष, उपाध्यक्ष,सचिव र सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्