जनकपुरधाम, पुस ४ गते । मधेस युवा संघद्वारा धनुषाको मिथिला बिहारी नगरपालिका वाडा न. ६ पथरा सिरसियाका एक जना विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ।
मां लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोष यादवको पहलमा आर्थिक अवस्था कम्जोर रहेका मिथिला बिहारी नगरपालिका- ६ पथरा सिरसिया टोलका स्व. गरवा यादवको परिवारलाई मधेश युवा सँघले यादव परिवार लाई जाडोको कपडा र खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न ।
आईतवार एक कार्यक्रम बिच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा यादव परिवारलाई खाद्यान्न र कपरा सहित सहयोग गरिएको हो।
मधेश युवा सँघका शम्भु चौधरी, माँ लक्ष्मी युवा क्लबका अध्यक्ष रामभरोस यादव सहित सिरसिया युवाहरु अगुवाहरुको रोहबरमा १०० किलो चामल, १० किलो आलु, ५ किलो दाल, ३ लिटर खाने तेल, ५ किलो नुन, २ दर्जन साबुन, २४ पिस बिस्कुट एउटा सिरक २ मछजाली ५ टोपी ५ पिस सुईटल अन्य कपडाहरु सहयोग गरेको मां लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोष यादवले जानकारी गरेका छन।
प्रतिक्रिया दिनुहोस्