जनकपुरधाम, पुष ७ गते। नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मनोज कुमार साहलाई महगंगा आरती गंगासागर मा सम्मान गरिएको छ।
सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष, महगंगा आरती गंगासागरका प्रणेता प्रदेश सांसद रामअशिष यादवले नवनिर्वाचित उपाध्यक्ष साहलाई सम्मान गरेका छन्।
प्रकृति नगरी पोखरामा हालै सम्पन्न नेपाल जेसीजको ४८अौ राष्ट्रिय महाधिवेशनमा श्री जानकी जन्मभूमि जनकपुरधाम निवासी उदयमान युवा मनोज कुमार साहले अत्यधिक मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
जनकपुर जेसीजका अध्यक्ष समेत रहेका प्रखर वक्ता साहले समाज रुपान्तरणका लागि यस क्षेत्रमा सानै उमेरदेखि भागिरथ प्रयास गरेका छन्।
सम्मान को क्रममा जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष, युवा अभियन्ता अम्भु प्रसाद साहको सहभागिता रहेका छन्।
























