जनकपुरधाम,पुष १३ गते। पर्यावरण योध्दा प्रदेश सांसद रामअशिष यादवले स्वच्छ पर्यावरण एक मानवअधिकार वर्तमान अवस्थामा महत्वपूर्ण विषय रहेको कुरा बताउनुभएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश नं २ को आयोजना भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले स्वच्छ पर्यावरण बिना मानव सभ्यता को परिकल्पना गर्न नसक्ने कुरा बताउनुभएको छ।
उहाँले पर्यावरण प्रदूषण नियन्त्रणका लागि सिंन्गल युज प्लाष्टिकको प्रतिबन्ध अति आवश्यक रहेको कुरा मा जोड दिनुभयो।
वातावरण प्रदूषण के मानव स्वास्थ्य मा प्रतिकुल असर परेको कारण सन १९४८ मा अन्तर्राष्ट्रिय संघले आइ यु सी एन गठन गरि विश्व स्तरमा पर्यावरण प्रदूषण मा नीति गत रुपमा अघि बढ्दै गरेको छ।
इन्सेक प्रदेश नं २ का संयोजक राजु पासवान को अध्यक्षता मा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं का प्रमुख बिरबहादुर थापा, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष राजेश कुमार कर्ण, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, अधिकार कर्मी पिंकी साह, युवा अभियन्ता दिपेन्द्र सिंह सहित का वक्ताहरुले बोल्नु भएको थियो।
सो कार्यक्रममा प्रदेश नं २ का ८ वटै जिल्ला का मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो।
सहभागीहरुलाई श्री जगदीश गोयन्का प्रतिष्ठान जनकपुरधाम को सहयोग मा वातावरण मैत्री कपडा को झोला र फलफूलको विरुवा वितरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्