• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आफताव आलमको मुद्दा न्यायाधीश कार्की र ढुङ्गानाको संयुक्त इजलासमा

२०७८ पुष १६, शुक्रबार १३:४४
आफताव आलमको मुद्दा न्यायाधीश कार्की र ढुङ्गानाको संयुक्त इजलासमा

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा परेको छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको रिट निवेदन शुक्रबार न्यायाधीशद्वय कार्की र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो ।

विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । सुरुमा जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएपछि आलम उच्च अदालतसमेत पुगेका थिए । आलमले २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत वीरगञ्जमा थुनामुक्त हुन पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालत वीरगञ्जले २०७६ माघ २४ गते जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशीको संयुक्त इजलासले आलमलाई थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो । त्यसअघि २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । उक्त आदेशविरुद्ध आलम २०७७ असोज १२ गते निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

आलमले आफूले कुनै अपराध नगरेको कारण आफू थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने दाबी गरेका छन् । साथै कोभिड–१९ को सङ्क्रमणको कारण जेल सुरक्षित नभएको भन्दै आफू थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने आलमको जिकिर छ ।

यसअघि आलमको मुद्दा १७ पटक पेसी तारेखमा परे पनि हालसम्म पनि सुनुवाइ भएको छैन । आलमको मुद्दा ७ पटक स्थगित भएको छ भने ३ पटक हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको छ । त्यसैगरी एकपटक हेर्न नभ्याइने सूचीमा परेको छ भने दुईपटक बेञ्च नै नबसी सकिएको छ ।

सर्वोच्चमा आइपुगेको आलमको निवेदन थुनछेक आदेश प्रयोजनका लागि मात्रै हो । विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको उनको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन अवस्थामै रहेको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

आलममाथि स्थानीय युवाहरु त्रिलोकप्रताप सिंह र ओशी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोटन गराई घाइते गराएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा थप १० वर्ष गरी कुल ४५ वर्ष कैद सजायको मागदावी गर्दै आरोपपत्र दायर गरिएको थियो ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचनका अघिल्लो दिन साँझ रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । उक्त बम विस्फोट घटनामा कम्तीमा ९ जनाको ज्यान गएको दाबी गरिएको छ । आफ्ना प्रतिस्पर्धी र स्थानीय मतदातालाई तर्साउन विभिन्न स्थानमा बम राख्ने प्रयोजनका लागि आलमले आफ्नै भाइको गोठ प्रयोग गरेको आरोपपत्रमा उल्लेख छ । तर बम बनाउँदै गर्दा असावधानीका कारण त्रिलोकप्रताप सिंह, ओशी अख्तर लगायतका व्यक्तिहरू घाइते बनेको तर अपराधको पोल खुल्ने डरले उनीहरूलाई जिउँदै इट्टाभट्टामा हालेर ज्यान लिएको आरोप आलममाथि लागेको थियो । यो सबे अपराधको योजना आलमले बनाएको कारण आलम मुख्य अपराधी रहेको सरकारी वकिलको जिकिर थियो ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us