काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले कृषि सामाग्री कम्पनीका उच्च अधिकारीलाई अख्तिायारले मुद्धा दायर गरेपछि १३ अर्बको रासायनिक मलको नयाँ ठेक्कामा अन्यौल सृजना भएको बताएका छन् ।
आगामी वर्षको चैतको धान, जेठको मकै र असारे धानका लागि चाहिने एक लाख मेट्रिकटन मलको टेण्डर गर्ने बेलामा कम्पनीका उच्च अधिकारी बहिन भएको मन्त्री यादवले बताए । ‘अहिले टेण्डर नगरे सीजनमा मल आउन सक्ने अवस्था छैन, टेण्डर गर्न कम्पनीका अधिकारी निलम्बनमा परे केही अन्यौल सृजना भएको छ,’ मन्त्री यादवले भने ।
अख्तियारले उच्च अधिकारीलाई कारबाही गरेपछि कम्पनीमा सन्नाटा छाएको पनि उनले बताए । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित खरिद महाशाखाका सबै उच्च अधिकारी बिरुद्ध एक अर्ब बढी भ्रष्टाचारको मुद्धा दायार गरेको थियो ।
रासायनिक मल किन्नका लागि १३ अर्ब रुपैयाँ अझै मन्त्रालयसं रहेको र त्यसबाट एक लाख मेट्रिकटनबढी मल खरिद गर्न सकिने पनि पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्