जनकपुरधाम, पुष २३ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले ग्रामीण क्षेत्रमा स्वस्थ जीवनका लागि योग अभ्यास गर्ने को संख्यामा वृद्धि भैरहेको कुरा बताउनुभएको छ।
आर्युवेद पतंजलि योग शिविर शहिदनगर यदुकुहाको ५ औ वार्षिकोत्सवमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले महिलाहरुको लागि महिला योग शिविर भवन निर्माण को कार्य माघ महिना देखि शुरू गर्ने जानकारी दिनुभयो।
योग शिविर का अध्यक्ष सुनिल साह को अध्यक्षता मा सम्पन्न कार्यक्रममा शहिदनगर नगरपालिका प्रमुख उदय कुमार बरबरिया, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, योग गुरु द्वय मनोहर साह, राम छबिला यादव, नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह, वार्ड अध्यक्ष नागेन्द्र मंडल सहित का वक्ता हरुले योग को महत्व विषयमा विचार व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्