
रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम बरामद गरेको छ ।
ईशनाथ नगरपालिका-२ स्थित नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंयाँ सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय संजय कुमार जयसवाल छन् ।।
जयसवाल सवार बिआर ०५ पिजी ८०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो ।
सशस्त्र प्रहरीबल छिन्नमस्ता वाहिनी र ११ नम्बर गणको संयुक्त टोलीले सो रकमसहित जयसवाललाई पक्राउ गरेको हो ।बरामद भएको नगद सहितको व्यक्तिलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्