जनकपुरधाम, माघ १ गते। शान्ति र समृद्धिका लागि योगअभ्यासबाट ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई लाभान्वित गर्न उद्देश्यले धनुषा निर्वाचन क्षेत्र नं २ को सोनिगामा आर्युवेद औषधालयमा योग भवनको निर्माण आज एक कार्यक्रम बिच सांसद यादवद्वारा उद्घाटन गरेको छ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट रु १० लाख रुपैयाँको लागतमा हंसपुर नगरपालिका वार्ड नं ६ सोनिगामामा नव निर्मित योग भवनको निर्माणको कार्य सम्पन्न भएपछि समुदघाटन गरेका छ्न।
उक्त कार्यक्रममा महोत्तरी जिल्ला प्रदेश सांसद कौशल यादव, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, हंसपुर नगर प्रमुख राम ज्ञान मण्डल, उपप्रमुख रेनु झा, अधिकृत केशव अधिकारी, जसपा युवा धनुषा जिल्ला अध्यक्ष दिपु कापर लगाई स्थानीय नेता तथा कार्यकर्ताहरु उपस्थिति थियो।
























