सन्तोष कुमार यादव
जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालकी नेतृ यादवले जनमत पार्टीका प्रमुख डा. सीके राउतमाथि आक्रोश पोख्दै आगोसंग खेलवाड नगर्न चेतावनी दिएकी छिन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खुट्टा टेकेर मतियार भइ मधेशमा आफ्नो पहिचान बनाउन लागेको भन्दै मन्त्री यादवले जसपासंग नभिड्न सचेत गराइन् । उनले भनिन्,‘ सीके राउत मधेश विरोधी केपी शर्मा ओलीका दूत हुन , जसले मधेशी जनतालाई भ्रममा पार्ने काम गरिरहेको छ ।
’जनता समाजवादी पार्टीलाई लक्षित गरी जनमत पार्टीका कार्यकर्ताहरुले गर्दै आएको कार्यक्रम आगामी चुनावी एजेण्डा मात्रै रहेको बताउंदै उनले आगोसंग खेलवाड गर्ने प्रयास गरे नस्तानामुद भएर जाने चेतावनी दिइन । मधेश स्वतन्त्र देश हो भन्ने नारा लगाउने डाक्टर राउत पूर्व प्रधानमन्त्री ओलीको खुट्टा कमाउन पुगेको टिप्पणी गर्दै डाक्टर राउतको बहकाउमा नपर्न समेत आग्रह गरिन् ।
रौतहटमा अलपत्र अवस्थामा रहेको विभिन्न पुल निर्माणको कार्य छिट्टै सम्पन्न हुने जानकारी समेत उनले गराइन् । कार्यक्रममा मधेश प्रदेश सरकारका कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले किसानको मुद्दाको समाधान गर्न मधेश प्रदेश सरकार गम्भीर रहेको बताए ।
किसानको मुद्दा उठाएर जनमत पार्टीका नेतृत्वकर्ताले किसानलाई ठग्ने कार्य गरिरहेको टिप्पणी गरे । उनले डाक्टर राउत खसबादी पार्टीद्वारा परिचालित बहुरुपियाको रुपमा रहेकोले त्यसको कुरामा नलाग्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्