जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिला तर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन् ।
सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।
एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकि रुपाकुमारी यादवले २ हजार ७ सय ५४ मतभार मात्रै ल्याउन सकिन् ।
यता महिला समूहबाट लोसपाकी उम्मेदवार रुपालाई समर्थन गरेकी विना देवी साहलाई समेत परेको छ । विनालाई ३ सय ६ मतभार परेको हो ।
महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मतभार बदर भएको हो ।
प्रतिक्रिया दिनुहोस्