सन्तोष कुमार यादव
जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विस्तारित वडा कमिटी बैठक सम्पन्न भएको छ । शनिबार जनता समाजवादी पार्टीका वडा कमिटी संगठन आयोजना गरिएको बिस्तारित बैठक तथा संगठन विस्तार कार्यक्रम वडा समिति अध्यक्ष गणेशी यादवको अध्यक्षतामा सम्पन्न भएको हो।
पार्टीको विस्तारित बैठकबाट वडामा संगठन अभियानलाई निरन्तर जारी राखिदै जसपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नका लागि संगठन संरक्षण, सुदृढिकरण र संगठन विस्तार मा जोड दिनुपर्ने विस्तारित बैठकमा सहभागी भएका निर्वाचित वडाध्यक्ष धनेश्वर यादवले जनाएको छ।
उहाँले भने ‘अहिले वडाका बिभिन्न टोलहरुमा टोल कमिटी गठन तथा सुदृढीकरणलाई तिव्रता दिएको छ । यसबिच कमला नगरपालिकामा विभिन्न वडाहरूमा युवा संगठन विस्तार कार्यक्रम निरन्तर आगाडी बढदै गएका छ।
जसपा नेपालले वडा संगठन आयोजना गरेको विस्तारित बैठकमा सहभागी नेताहरुले युवा संगठनलाई अघि बढाउने प्रस्ताव समेत गरेको हो। उक्त बैठकमा स्थानीय तहको चुनावलाई लक्षित गरी विभिन्न कार्ययोजना बनाई नगर र वार्ड स्तरका नेता र कार्यकर्ताहरुलाई गभ्भिरताले लाग्नु पर्ने आवश्यकता माथि जोड दिने वडाध्यक्ष यादवले बताए।
जसपा जिल्ला समन्वय समिति धनुषाको निणर्य अनुसार जिल्ला का १८ वटै पालिका हरुमा संगठन विस्तारका लागि पार्टीको नगर स्तरीय विस्तारित बैठक जारी रहेको पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवले बताएका छन।
प्रतिक्रिया दिनुहोस्