काठमाडौं, फागुन १ गते । बन्दुकले ढालेर ल्याएको गणतान्त्रात्मक सत्तामा तस्कर र दलाल पु¥याउने निर्वाचन प्रणाली परिवर्तन गर्नु वाईसीएल नेपाल प्रदेश २ का ईन्चार्ज शंकर महतोले सरकारसंग माग गरेका छन् ।
‘आज एउटा गरिब सांसद जित्न पाउँदैन । चुनावमा खर्च गर्न नसक्ने मेयर र मन्त्रीको पद देख्न पाउँदैन’,उनी भन्छन्, ‘खर्चिलो निर्वाचन प्रणालीको लाभ दलाल, तस्कर र पूँजीपतिहरुले लिइरहेका छन् । चुनावमा ब्यालेट मार्फत भोट किनेर मेयर, सांसद, मन्त्रि पद पड्काइरहेका छन् ।’ जबसम्म निर्वाचन प्रणाली फेरिदैन तबसम्म गरिब जनताको सत्तामा पहुँच नहुने उनले ठोकुवा गरे ।
धनुषाको जमुनिबासस्थित २७ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै उनले जनयुद्धले देशमा नयाँ व्यवस्था ल्याएको बताए । ‘मेहन्तकस क्रान्तिकारी जनताले शाही सत्ताको बन्दुक बिरुद्ध बन्दु उठाएको दिन हो फागुण १ गते । बलिदानी र संघर्षबाट देशमा गणतन्त्र आयो । आजको दिन जस्तो ऐतिहासिक दिन अरु नेपालमा छैन’,उनले भने, ‘तर, जनताको अवस्था उस्तै रहेको छ । गरिबको जीवन फेर्ने सरकार र सत्ताका लागि अब थप संघर्ष गर्नु पर्छ ।’ जनयुद्धको उपलब्धीलाई संस्थागत गरेर नयाँ अधिकारका लागि लड्नु पर्ने उनले औंल्याए । समाजवादलाई विकास गर्न नयाँ योजनाको खाँचो रहेको उनले भने ।
नेपालको स्थिति संकटग्रस्त बन्दै गएकोमा युवा नेता महतोले चिन्ता व्यक्त गरे । ‘हाम्रो सानो देशमा भारत, चिनी र अमेरीकाको ध्यान छ । अमेरिकाको दान लिन्न भन्दा पखलास् भन्ने धम्मकी आइरहेको छ’,उनले भने, ‘विश्वभरी दादागिरी, हैकम चलाइरहेको अमेरिको ध्यान किन नेपालमा छ ? सबैले गम्भीर भएर बुझ्नु पर्ने छ । उसको ध्यान नेपालको नदी नालामा छ । उ यहाँको हाइड्रोपावरमा आँखा गाडेको छ ।’ उसको योजना पुरा गर्न केही दलहरु लेनदेन गरेर एमसीसी पास गराउन चाहिरहेको उनको आरोप छ ।
विदेशी शक्तीले गणतन्त्र र संघीयता खोस्न चलखेल गरिहेको नेता महतोको बुझाई छ । ‘ नेपालले चिनलाई सहयोग गर्छ कि भनेर एमसीसी पारित गराएर हाम्रो आत्मनिर्णयको अधिकारलाई अमेरिकाले बाँध्न चहान्छन्’,उनले भने,‘ यसबिरुद्ध क्रान्तिकारीहरु जागृत हुनु पर्ने समय आएको छ । ’
एउटा आगोको झिल्कोले जसरी फोहोरलाई जलाएर आफ्नो शक्ति देखाउँछ त्यसैगरि हामी मेहनकस जनताले हाम्रो सबै शक्ति प्रतिक्रियाबादीबिरुद्ध खन्याँउनु पर्छ । र आफुलाई विकाश गर्नु पर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्