जनकपुरधाम : मधेश प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले ३० लाखको लागतमा एकैदिन दुइटा धर्मशालाको शिलान्यास गरिएको छ ।
बुधबार महोत्तरीको मनरासिशवा नगरपालिका वडा न. ३ टोल सोनौलको चौरसिया मन्दिरको प्राङ्गणमा र त्यसैगरी वाडा न ७ को जिन्गास्था टोलमा पुर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य कुशवाहाले निर्वाचन क्षेत्र न ४ को `ख´ बाट निर्वाचित आफ्नो संसदीय बिकास कोषबाट रु. ३० लाखको लागतमा दुइटा धर्मशाला शिलान्यास गरेको हो ।
उक्त शिलान्यास कार्यक्रममा जसपा मनरा नगर संयोजक महेन्द्र यादव, वाडा न ३ का निर्वाचित वडा अध्यक्ष महेन्द्र यादव, राम किशोर महतो, राम पुकार महत्तो, श्याम चौरसिया, जानकी शरण यादव, लगाईत स्थानीयहरु सोनौलको शिलान्यास कार्यक्रममा सह्भागीता थियो।
त्यसैगरी वाडा न ७ मा जसपा नगर संयोजक महेन्द्र यादव, जसपा वाडा न ७ समिति संयोजक शिबो सिंह, जसपा वाडा ६ समितिका संयोजक सुनिल महत्तो, कौशल्या देवी, जामुन मह्तो, नवल महतो, लागाईत स्थानिय नेता तथा कार्यकर्ता गाउँ अगुवा बुद्घिजिवी समेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्