धनुषा । कमला नगरपालिका-०२ लगमास्थित नेकपा एमालेका नगर कमिटीको विस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कमला नगरपालिकामा नेकपा एमालेले स्थानिय तह निर्वाचन अभियान तिव्रताका साथ अघि बढाएको छ । नगर कमिटिको अगुवायीमा नेकपा एमालेका नेता कार्यकर्ता चुनावी अभियानमा जुटेका हुन् ।
नगर कमिटी अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षता तथा फरमुद नदाफको प्रमुख आतिथ्यता र मधेश प्रदेश कमिटी सदस्य सुकदेव यादवको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा मधेश प्रदेश कमिटि सदस्य कमलदेव यादव, गोपाल मुखिया,सुशिल दास , दलित मुक्ति समाज केन्द्रीय सचिवालय सदस्य पाण्डव मल्लिक लगायतका नेताको सहभागिता रहेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल बाट निर्वाचित भएका वडा नं ३ का वडा सदस्य देबेन्द्र यादव लगायत दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
नगर कमिटी अध्यक्ष दिपेन्द्र यादवले कमलामा चुनाव केन्द्रित अभियान जारी रहेको र पहिलो चरणका कार्य सम्पन्न भएको बताए । उनका अनुसार नेकपा एमाले कमला नगर कमिटीले चुनाव तयारीका लागि माघ अन्तिम सातादेखि कार्यक्रम सुरु गरेको थियो ।
वडा कमिटिका र युवा संगठन विस्तारित बैठक सम्पन्न पछि जनवर्गीय संगठनका बैठक र भेलालाई अघि बढाईने उनले बताए । आउदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी हुने र त्यसको लागी पार्टी पंक्ती कटिबद्ध रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिईएको छ।
एमाले मधेस प्रदेश कमिटि सदस्य सुकदेव यादवले देश सङ्कटमा फस्दै गएकोले त्यसबाट जोगाउनको लागि पनि एमालेले चुनाव जित्नु पर्ने बताए।
युवा पक्षबाट संजिव यादवले भने शारीरिक, मानसिक एवम् संवेगात्मक विकासको उत्कर्ष चरण नै युवा उमेर हो जसमा साहस, जोस, जाँगर अधिक हुने गर्छ । युवा वर्गमा शरीरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्नसक्ने क्षमता हुन्छ । तर यहाँ राजनीतिक गतिबिधी युवालाई गुमराहमा परेका छन् हामीलाई मिलेर युवालाई सहि बाटो देखाउने र हक अधिकार सुनिश्चित गर्नुपर्ने उहाँले बताए।
प्रतिक्रिया दिनुहोस्