जनकपुरधाम, फाल्गुन २३ गते । मधेश प्रदेश युवा परिषद स्थापनाको लागि मधेश प्रदेश युवा संजालका अध्यक्ष श्याम साह र कोषाध्यक्ष मो. नइम राइनले सोमबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएका छन ।
नेपाल सरकारको युवा तथा खेल्कुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदको सातै प्रदेशमा प्रदेश युवा संजालहरु कृयासिल छन। युवाहरुको हक हितको संरक्षण ,सम्बर्धन र सशक्तिकरण गरि शिक्षा, सिप, उद्यमशीलता र रोजगारीमा युवाको प्रतिनिधित्व, भूमिका र योगदानलाइ प्रबर्धन गर्दै प्रदेशका युवाहरुलाई प्रोत्साहन गर्न प्रदेश स्तरिय युवा परिषद स्थापनाको परिकल्पना गरिएको हो ।
प्रदेश सरकारले परिषद स्थापनाको लागि पहल गरिरहेको र युवा नीतिहरु पनि ड्राफ्ट भैरहेको भनेर मुख्यमन्त्रीले आश्वासन दिनु भएको संजालका अध्यक्ष साहले जानकारी दिनु भयो।
प्रतिक्रिया दिनुहोस्