जनकपुरधाम, फागुन २८ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल देश कै प्रशिक्षित र व्यवस्थित संगठन रहेको कुरा बताउनुभएको छ।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल धनुषा र महोत्तरी द्वारा आयोजित होलि मिलन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले लोकतन्त्र,संघियता र सामावेशिताका लागि संघर्ष गर्ने स्वास्थ्यकर्मी फोरम एक सबल संगठन रहेको कुरा मा जोड दिनुभयो।
मधेसी स्वास्थ्यकर्मी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव,उपाध्यक्ष अम्भु प्रसाद साह,सचिव घनश्याम यादव , मधेसी स्वास्थ्यकर्मी फोरम का केन्द्रिय उपाध्यक्ष राम छबिला यादव, स्वास्थ्यकर्मी फोरम का नेता जय कुमार यादब, लक्ष्मण यादय, लक्ष्मण साह सहित का वक्ता हरुले बोल्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस्