जनकपुरधाम, फागुन ३० गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले मधेस प्रदेशको समृद्धिको एक मात्र मुहान गुणस्तरीय शिक्षा रहेको कुरा बताउनुभएको छ।
धनुषा निर्वाचन क्षेत्र नं २ स्थित शहिदनगर नगरपालिकाको श्री जनता एकाई उच्च माध्यमिक विधालय शहिदनगर यदुकुहामा विधालय भवनको शिलान्यास गर्ने क्रममा शिक्षा प्रेमी प्रदेश सांसद यादवले सो कुरा बताउनुभएको छ।
उहाँले वि.स.२०४८ सालदेखि केन्द्रीय नेतुत्वमा शासन गर्दै आइरहेको ठूलो राष्ट्रिय पार्टीका नेताहरु को कारण देश र मधेश प्रदेश को सामुदायिक विद्यालय हरुको अवस्था जर्जर भएको आरोप लगाउनु भयो।
उहाँले मधेश प्रदेश को समृद्धि का लागि शिक्षा सुधार अभियान आवश्यक रहेको कुरा बताउनुभएको छ।
शिक्षा सुधार अभियान अन्तर्गत २०१६ सालमा स्थापित धनुषा जिल्लाको पुर्वि क्षेत्रका सबभन्दा जेठो विधालय श्री जनता एकाई उच्च माध्यमिक विद्यालय शहिदनगर यदुकुहामा शिक्षा प्रेमी प्रदेश सांसद रामअशिष यादवको परिकल्पना,प्रयास र मधेश प्रदेश समाजिक विकास मन्त्रालयको सहयोगबाट प्राप्त ३० लाख रुपैयाँको लागतमा सो विद्यालय भवनको निर्माण गरिने छ।
विधालय का प्राधानाध्यापक रामनारायण ठाकुर को अध्यक्षता मा सम्पन्न शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य ममता मंडल, जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष दिनेश प्रसाद यादव, निर्वाचित वार्ड अध्यक्ष नागेन्द्र मंडल , युवा नेता उमेश निराला, महादेव साह, सदस्य शुशिल साह, महिला नेतृ सिता मंडल, लक्ष्मी साह, विधालय व्यवस्थापन समिति का पुर्व अध्यक्ष समाजसेवी महादेव हाथि, शिक्षा प्रेमी हरु सुनिल साह,राम लाल साह, शिक्षक प्रदिप साह, महादेव साह, समाजसेवी सियाराम मंडल, घुरण मंडल सहित स्थानीय शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्