जनकपुरधाम । विभिन्न पार्टी प्रत्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश तथा होलि मिलन समारोह सम्पन्न भएको छ
धनुषा क्षेत्र न ३ को मुखियापट्टी मुसहरनिया गाउँपालिका वाडा न १ मा बुधबार एक कार्यक्रम बिच नेपाली काङ्ग्रेस, नेकपा, लोसपा प्रत्याग गरि सयौंको संख्यामा जसपा प्रवेश गरेको हो।
जसपा वाडा न १ का वाडा अध्यक्ष भरत यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, बिशिस्ट अतिथी बौद्धिक पेशाकर्मी केन्द्रिय उपाध्यक्ष जितेन्द्र यादवको उपस्थितीमा सम्पन्न भएका थिए।
नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथी जसपा नगर अध्यक्ष अशोक यादव, मुखियापट्टी मुसहरनिया गापा इन्चार्ज जयकुमार यादव, नेता धिरेन्द्र झा लगाइका नेताहरुले माला, गम्छा, अबिर लगाएर स्वागत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्