
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका-३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।























