जनकपुरधाम, चैत १६ गते । जनता समाजवादी पार्टीले मटिहानी नगरपालिकामा मेयरको टुंगो लगाएको छ । जसपा पार्टीको मधेश प्रदेश सदस्य मोजिम राईनलाई मेयरको उम्मेदवार बनाएको हो ।
बुधबार जसपाका मटिहानी नगरपालिका संयोजक रामनन्दन यादवको अध्यक्षतामा, पुर्व कृषिमंत्री श्री हरि नारायण यादवको प्रमुख अतिथि, जसपा संघिय परिषदकि अर्चाना झा, जसपा प्रदेश सदस्य आतिश मिश्राको उपस्थितिमा पार्टी प्रदेश सदस्य मोजिम राईनलाई मेयर उम्मेदवार बनाएको छ। यसै बीच जसपाकि जिबछी देवी यादवलाई उप-मेयर उम्मेदवारमा टुंगो लगाएका हुन्।
मटिहानी नगरपालिकाको चुनावी संयोजकमा पार्टी प्रदेश सदस्य आतिश मिश्राको नेतृत्वमा भएको थियो।
प्रतिक्रिया दिनुहोस्