जनकपुरधाम, चैत १८ गते। जनता समाजवादी पार्टीले मुखियापट्टी मुसनिया गाउपालिकामा सर्वसहमतीले मेयरको टुंगो लगाएको छ । जसपा पार्टीको पालिका इन्चार्ज जयकुमार यादवलाई मेयरको उम्मेदवार बनाएको हो ।
बिहिवार जसपाका मुखियापट्टी गाउँपालिका संयोजक अशोक यादव, केन्द्रीय समितिको निर्णय अनुसार क्षेत्र न ३ मुमु गा.पा.को लागि जिम्मेवारी दिएका केन्द्रीय सदस्य अमरेश नारायण झा, निर्वाचन केन्द्रिय समिति सदस्य जितेन्द्र यादव, लगायत पालिका समितिहरु उपस्थितिमा पार्टीका पालिका इन्चार्ज यादवलाई मेयरको उम्मेदवार बनाएको छ।
मुखियापट्टी गाउपालिका चुनावी समन्वयकर्त जिम्मा अभ्रेन्द्र झाको नेतृत्वमा भएको थियो।
प्रतिक्रिया दिनुहोस्