जनकपुरधाम, १८ चैत । मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अभैm महिलाको प्रतिनिधित्व हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
साथसाथै संस्थाले आज जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षा, आर्थिक र राजनीतिकमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूकात्यू रह्ने तर्क उहाँले गर्नुभयो । नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यपितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकार गर्नुभयो । छोरालाई घुम्ने, खेल्ने छुट दिएको छ, उहाँले भन्नुभयो–तर, छोरीलाई दायरामा राखिएको छ । यसले समाजमा अभैm महिला उपर विभेद कायमै रहेको प्रष्टयाउँछ । पुरुष प्रधान चश्माबाट हेर्दा समाजमा समस्या निम्तिएको उहाँले तर्क गर्नुभयो । जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहदा यसबाट महिला अक्षुण्ण नरहेको उहाँले जिकिर गर्नुभयो ।
बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने मुख्यमन्त्री राउतको भनाई थियो । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको उहाँले बताउनुभयो । सरकारले नीति नियम बनाउने हो, उहाँले भन्नुभयो–कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन् । कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै दैनिक चुरे दोहन भइरहेको छ । चुरे दोहनमा प्रयोग गरिएको स्काभेटर, टिपर नियन्त्रणमा लिएको छैन, उहाँले भन्नुभयो–दोहन गर्नेमाथि कारबाही भएको छैन् । यस्तो अवस्थामा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक हो । चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसकोलागि सुरक्षा निकाय थप सशक्त रुपमा लाग्नुपर्ने धारणा उहाँको थियो ।
सो अवसरमा प्रदेशसभा सदस्य मंजु यादवले वैदेशिक रोजगारले समाजमा महिला हिंसा बढेको जिकिर गर्नुभयो । उहाँले महिलाबाटै महिला पीडित रहेको दावी गर्नुभयो । घरबाटै लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने धारणा प्रदेशसभा सदस्य यादवले राख्नुभयो ।
साथसाथैकी अध्यक्ष प्रनिता कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । महिलालाई सशक्त र बलियो बनाउनको लागि चुनौतीपूर्ण भूमिकामा ल्याउनुपर्ने तर्क उहाँले गर्नुभयो । महिला पनि सक्षम रहेको भन्ने संदेश दिन आपूmहरु ५५४० मीटर अग्लो कालापत्थरसम्म पुगेको बताउनुभयो ।
सो अवसरमा मुख्यन्यायाधीवक्ता दिपेन्द्र झा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्