जनकपुरधाम,भदौ १४ गते। सभ्यता र समृद्धि का मुख्य आधार स्तम्भ शिक्षालाई सुधार गर्न उदेश्य ले संचालित शिक्षा सुधार अभियान ग्रामीण क्षेत्रमा निकै फलदायी सावित भैरहेको छ।
राज्य र समुदायबाट उपेक्षित सामुदायिक विद्यालयमा अध्धयनरत वालवालिकाहरुको संख्या दिनप्रतिदिन न्युन हुदै गएको,पठनपाठन पनि व्यवस्थित हुन नसकेको,वालवालिकाहरुलाई ज्ञान, सभ्यता र समृद्धि का लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको चिन्तन गर्दै
धनुषा निर्वाचन क्षेत्र नं २ शहिदनगर नगरपालिकाको बासुदेवपटी गाउँमा संचालित ईजोत निशुल्क ट्युसन सेन्टर का ६४ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
दक्षिण कोरियामा अध्ययनरत नेपाली विधार्थीहरुको छाता संगठन सोसाइटी अफ नेपलिज स्टुडेन्ट ईन कोरिया को सहयोगमा सो ट्युसन सेन्टर का वालवालिकाहरुलाईस्कुलबैग,कापी ,कलम,अौजार बक्स सहितका शैक्षिक सामग्री वितरण गरिएको छ।
सामाजिक अभियन्ता वृक्ष मानव सुरेश शर्मा को संयोजन र शिक्षा सुधार अभियानका परिकल्पनाकार प्रदेश सांसद रामअशिष यादवको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा सुधार अभियानका दूतहरु डा जागेश्वर यादव र अम्भु प्रसाद साह,युवा अभियन्ता सुदिप मंडल,बासुदेवपटी युवा क्लवका अध्यक्ष धनेश्वर साह सहित का शिक्षा सुधार अभियान दूतहरुले शैक्षिक सामग्र बितरण गरेका छन्।
वालवालिकाहरुलाई शिक्षा प्रति जागरुकता बढाउन नियमित अभ्यास अन्तरगत निशुल्क ट्युसन सेन्टर संचालन गरिएको कुरा शिक्षा सुधार अभियानका दुत अम्भु प्रसादले जानकारी दिएका छन।
























