पाेखरा । पाेखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला लगभग अन्तिम चरणमा पुगेकाे छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका महिला फुटबलका खेलहरू यही निर्माणाधीन रंगशालामा खेलाएकाे थियाे ।
प्यारापिटसहित फुटबल मैदान उतिबेलै तयार भए पनि यसकाे फिनिशिङका कामहरू अझैँ बाँकी नै छ ।
यस अन्तर्राष्ट्रिय फुटबल स्टेडियमको हालसम्म ९० प्रतिशत काम सकिएको बताइएकाे छ ।











