Advertisement
☰

भारतबाट ल्याइएका अबैध चल्ला बरामद कपिलवस्तु

न्युजडेस्क
२०७७ श्रावण १२, सोमबार १७:२६

। कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्डमा खटिएको गाडी मोबाइल टोलील ेअबैध कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अबैध रूपमा ती चल्ला नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं ६  भिल्मीबाट ५९८१  गोटा  चल्ला बरामद गरेको जनाइएको छ । 


      बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका ३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्मको पछाडि खाली जग्गामा खाल्डो  खनि पशु क्वारेनटाइनका प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार,आदिको उपस्थितिमा ती चल्ला नष्ट गरिएको छ । तिनको अनुमानित मूल्य ४ लाख ४८ हजार ५७५ रुपयासम्म पर्ने कुरा सोही गुल्मका गुल्मपती  सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाहीले जानकारी दिए ।    

 साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, त्रकार,न्याय प्रेमी र समकक्षी सुरक्षा निकायहरुसंग समेत निरन्तर छलफल र संवाद गरि सीमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाहीले जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर