Advertisement

प्रदेश सांसद यादवद्वार एक दिनमा दुई विद्यालय भवनको शिलान्यास

न्युजडेस्क
२०८१ चैत्र २३, शनिबार १६:१८


जनकपुरधाम,चैत २३ गते । जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले एक दिनमा दुई छुट्टाछुट्टै स्थानमा ज्ञानका मन्दिर विद्यालय भवनको एक समारोहबीच शिलान्यास गरेका छन।
सो अवसरमा बोल्दै शिक्षा प्रेमि समाज सुधारक प्रदेश सभा सदस्य यादवले मानव जीवनको आधार स्तम्भ शिक्षा रहेकोले शिक्षा र ज्ञान प्राप्त गर्ने एक मात्र शिक्षाको विकास हुनुपर्ने कुरामा जोड दिएका छन।
मधेश सरकारको सहयोगमा धनुषा निर्वाचन क्षेत्र नं २, हंसपुर नगरपालिकाको मधुकरही गरैया स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय र मनिपट्टी गाउँमा स्थापित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय भवनको शिलान्यास गरिएको छ।
हंसपुर नगरपालिका वार्ड नं ४ का वार्ड अध्यक्ष लालबाबु यादवको अध्यक्ष्ातामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा पुर्व नगर प्रमुख राम ज्ञान मंडल,उप प्रमुख दुर्गी देवी मंडल,जसपा,नेपाल हंसपुर नगरपालिका का नगर अध्यक्ष रामनारायण कापडि,हंसपुर नगरपालिका वार्ड नं ३ का निर्वाचित वार्ड अध्यक्ष उदय सिंह,ओ वि सि का नगर अध्यक्ष श्याम साह,समाजसेवी जगदीश साह,वार्ड सदस्य गणेश यादव,युवा नेता संजय सिंह ,श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय गरैयाका प्रधानाध्यापक रविन्द्र चौधरी ,विद्यालय व्यवस्थापन समिति का अध्यक्ष सुरेश यादव , राष्ट्रिय प्राथमिक विद्यालय मनिपट्टीका प्रधानाध्यापक रमेश दास सहितको उपस्थित रहेका छन।
यसैगरी शिलान्यास अघि विद्यालयको प्राङ्गणमा विद्यालय वातावरण मैत्री अभियान अन्तगर्त वृक्षारोपन पनि गरिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर