Advertisement

पुर्ब सांसद यादव र प्रदेश सांसद कुशवाहा द्वारा रामगोपालपुरको बसबिट्टिमा उजु खाना निर्माणको शिलान्यास

न्युजडेस्क
२०८१ चैत्र २१, बिहीबार ०८:५७

महोत्तरी। रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा उजू खाना निर्माण कार्यको शिलान्यास तथा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव तथा प्रदेश सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री माननीय सरोज सिंह कुशवाहाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा वडा अध्यक्ष विजय मण्डल, नगर संयोजक विजय यादव, वडा संयोजक अलिम शेख, गुडु शेख, पंचलाल महतो, ब्रिज किशोर यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू र स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिलान्यास कार्यक्रमले स्थानिय पूर्वाधार विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर