जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल, धनुषाले संविधान दिवसको अवसरमा असोज ३ गते “विरोध दिवस” मनाउने निर्णय गरेको छ। सो अवसरमा “वर्तमान संविधानको मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता” विषयमा अन्तरक्रिया तथा विचार गोष्ठी कार्यक्रम आयोजना गरिने भएको छ।
जसपा नेपाल धनुषाले कार्यक्रमलाई सफल बनाउन पार्टीका केन्द्र, प्रदेश, जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडा समितिका पदाधिकारी, सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, भातृ संगठनका नेता तथा अगुवा कार्यकर्ताहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।
पार्टीका अनुसार कार्यक्रम जनकपुरधामस्थित जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ः३० बजे सुरु हुनेछ। कार्यक्रममा संविधानका मूल विषयवस्तु, संघीयता, समावेशिता, अधिकार सुनिश्चितता तथा संविधान संशोधनको आवश्यकता सम्बन्धी विषयमा छलफल र विचार आदान–प्रदान गरिने जनाइएको छ।


तपाईको प्रतिक्रिया !