• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कोरोनामा पनि बढ्यो रेमिटेन्स, साउनमा भित्रियो झन्डै ९३ अर्ब

२०७७ आश्विन १०, शनिबार ११:१०

द प्रदेश टाइम्स / काठमाडौ कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा पनि अघिल्लो साउनमा भन्दा बढी रेमिटेन्स भित्रिएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा ९२ अर्ब ७१ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ । गत वर्षको तुलनामा चालु वर्षको साउनमा भित्रिएको रेमिटेन्स २३ प्रतिशतले बढी हो । विगतका वर्षको तथ्यांक हेर्ने हो भने साउन, भदौमा रेमिटेन्स तुलनात्मक रूपमा कम आएको देखिन्छ । कोरोना कहरकै बीचमा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिटेन्स अघिल्लो साउनमा भन्दा बढी भित्रिएकाले आगामी दिनमा पनि खासै घट्दैन कि भन्ने अनुमान गर्न थालिएको छ ।  

कोरोना महामारीले वैदेशिक रोजगारीमा रहेका युवा समस्यामा परेको समाचार आइरहेका छन् । कोरोनाकै कारण फागुन २७ यता सरकारले पहिलोपटक वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । दुई महिनाअघि पुनः श्रम स्वीकृति दिन थाले पनि साउनमा भित्रिएको रेमिटेन्समा नयाँ श्रम स्वीकृति पाएकाको योगदान छैन । पुनः श्रम स्वीकृति दिन थालेयता करिब चार हजारजना वैदेशिक रोजगारीमा गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।  

कोरोना महामारीका कारण यतिखेर धेरै नेपालीले काम गर्ने खाडी मुलुक र मलेसिया प्रभावित छन् । मन्त्रालयका अनुसार कोरोनाका कारण रोजगारी गुमाएपछि शुक्रबारसम्म विभिन्न मुलुकबाट ५७ हजार दुई सय ९७ घर फर्केका छन् । एक लाख ३६ हजार एक सय ५० जनाले घर फर्कन निवेदन दिएको मन्त्रालयले जनाएको छ । कोरोनाले थुपै्रै मुलुक प्रभावित भएपछि विश्व बैंकलगायत नेपाल राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा गत आवमा १५ प्रतिशतसम्म रेमिटेन्समा गिरावट आउने प्रक्षेपण गरेका थिए ।

गत आथिक वर्षको साउनमा भित्रिएको रेमिटेन्सको तुलनामा यो २३ प्रतिशतले बढी हो ।    

तर गत वर्षको अन्तिम र चालु आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्मकै बढी रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षसम्म मासिक सरदर ७० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिने गरेको थियो ।  

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट असार र साउनमा रेमिटेन्स वृद्धि हुनुमा चार कारण देख्छन् । ‘रेमिटेन्स स्रोत मुलुकमा कोरोना प्रभाव घट्दै जानु, पछिल्लो समयमा रेमिटेन्स बैंकिङ च्यालनबाट आउन थाल्नु, विदेशबाट घर फर्कनेले जम्मा गरेको बचत एकैचोटि ल्याउनु र चैत–वैशाखमा आउन नसकेको रेमिटेन्स अहिले आउनुले बढेको हो,’ उनले भने ।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत तथा नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष ०७६÷७७ मा अघिल्लो वर्षको तुलनमा करिब चार अर्ब अर्थात् ०.५ प्रतिशतले रेमिटेन्समा गिरावट आएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा आठ खर्ब ७९ अर्ब २७ करोड रूपैयाँ रेमिटेन्स भित्रिएको थियो । गत वर्ष आठ खर्ब ७५ अर्ब तीन करोड रूपैयाँ रेमिटेन्स भित्रियो । अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएका कारण यतिखेर ठूलो संख्याका नेपाली विदेशमा अलपत्र छन् । विभिन्न निकायले गरेको अध्ययनमा कोरोनापछि रोजगारी गुमाएर करिब १० लाख घर फर्कने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा बिदा र भिसा सकिएका मात्र करिब तीन लाख घर फर्कन नपाएको विभिन्न मुलुकस्थित नेपाली दूतावासले जनाएका छन् ।  

शोधनान्तर स्थिति साढे ५१ अर्ब बचतमा
साउन मसान्तसम्म शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रूपैयाँले बचत थियो । समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता २५ अर्ब ४१ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४  

करोडले घाटामा थियो । ०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ । ०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रूपैयाँ रहेकोमा ०७७ साउन मसान्तमा १२ खर्ब ६० अर्ब ३८ करोड पुगेको छ ।

त्यस्तै समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड रूपैयाँ पुगेको छ भने  

प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटेर एक अर्ब ३९ करोड रूपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४४ करोड रूपैयाँ थियो ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech