Advertisement

उपप्रधानमन्त्री महतोको घर भारत रहेको दावीसहित अख्तियारमा उजुरी, छानबिन नगरे जनस्तरबाटै कारबाही गर्ने चेतावनी

न्युजडेस्क
२०७८ जेष्ठ २९, शनिबार ०९:५१

काठमाडौँ – उपप्रधानमन्त्री एवंम सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। महतोले लिएको नागरिकतामा झुटो विवरण पेश गरेको भन्दै आवश्यक कारबाहीको लागि गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नयाँ पार्टी ,नेपालले उजुरी हालेको हो ।

महतोको स्थायी घर सितामढी जिल्ला कोहवरवा गाउँ भारतमा रहेको दावीसहित नयाँ पार्टी ,नेपालले महतोको नागरिकता छानविन गर्न माग गरेको छ । यसअघि छानबिन भएपनि लामोसमय भइसक्दासमेत अख्तियारले कुनै कारबाहि नगरेको भन्दै पार्टीले गम्भिर ध्यानाकर्षण जनाएको छ।

”पार्टीले तत्काल महतोको नागारिकता खारेज गर्दै उनले कमाएका व्यक्तिगत सम्पत्ति समेत राज्यको मातहत ल्याई निजलाई तत्काल कानुन बमोजिम आवश्यक कारबाही गर्न तथा देश निकाला गर्न माग गर्दछौँ । यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यो काम हुँदैन र हुन सक्दैन भने जनस्तरबाट भौतिक कारबाही गर्न परेमा र त्यस्तो घटना घटेको खण्डमा त्यस्को सम्पुर्ण जिम्मेवारी नेपाल सरकार ,गृह मन्त्रालय ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धीत व्यक्ति राजेन्द्र सुडी (महतो ) नै हुने समेत जानकारी गराउन चाहन्छौँ ।;” नयाँ पार्टी ,नेपालले अख्तियारमा पठाएको पत्रमा भनिएको छ।

मंगलबार दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सि–०३४५४१ नम्बरमा दर्ता रहेको छ भने आज बुधबार गृह मन्त्रालयमा ५८८२ मा दर्ता गरिएको छ। दुुबै उजुरी बारे अनुसन्धान गरि आवश्यक कारबाही गर्न नयाँ पार्टी ,नेपालले माग गरेको छ ।अन्नपूर्ण टाइम्स –

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर