Advertisement

काँग्रेस वडा सभापति सहित दर्जनौं जसपामा प्रवेश

न्युजडेस्क
२०७८ मंसिर १८, शनिबार ११:०५

जनकपुरधाम , मंसिर १८ । नेपाली काँग्रेसका पुर्ब वडा सभापति सहित दर्जनौ नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।

जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ बसहियाका
नेपाली काँग्रेसका पुर्ब वडा सभापति अहमद हुसैनको नेतृत्वमा तीन दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेस परित्याग गरि आज जसपा प्रवेश गरेका हुन ।

बसहियामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथी जसपाका प्रदेस उपाध्यक्ष शेष नारायण यादव सहित का अतिथीहरुले नव प्रवेशी हरुलाई अबिर माला लगाई स्वागत गरेका थिए ।

वडा कमिटी अध्यक्ष सद्दाम हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा केन्द्रिय निर्वाचन समिती सदस्य जितेन्द्र यादव, प्रदेश कमिटी सदस्य आतिश मिश्र , जिल्ला अध्यक्ष पशुपति यादब, नगर अध्यक्ष बिष्णुदेव साह , वसिम अकरम, सन्तोष झा सहितका वक्ताहरूले नव प्रवेशी हरु लाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर