• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मन्त्री बिनाको अर्थ मन्त्रालय : बजेट कार्यान्वयन अलपत्र, ‘कर्मचारीको जाँगरै हरायो !’

२०७७ आश्विन १५, बिहीबार ११:३३

काठमाण्डाै – भदौ २० गते कार्यकाल सकिने भए पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १९ गते नै राजीनामा दिएपछि अर्थ मन्त्रालय अहिले मन्त्रीबिहिन छ ।

देशको आयव्यय र ऋणधनसँग सम्बन्धित नीति नियम बनाउने, कार्यान्वयन गर्ने र निर्देशन दिने मन्त्रालय २६ दिनसम्म मन्त्रीबिहिन हुँदा मन्त्रालय मात्र होइन,  धेरैजसो वित्तीय क्षेत्रकै कामकाज प्रभावित भएको छ ।

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण मन्त्रालयका काम लथालिङ्ग हुन थालेका छन्, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्या देखिएको छ । 

फाइल बोकेर बालुवाटार धाउनुपर्ने बाध्यता

अर्थ मन्त्रालयमा मन्त्रीस्तरीय निर्णयमार्फत हुने कयौँ काम हुन सकेका छैनन् । अत्यावश्यक कामका फाइल बोकेर अर्थ मन्त्रालयका सचिव र सह-सचिव प्रधानमन्त्री निवास बालुवाटार जाने गरेका छन् । तर प्रधानमन्त्रीको समय नहुँदा उनीहरु घण्टाै कुर्न बाध्य हुन्छन्। 

‘सचिवज्यू र सम्बन्धित महाशाखाका केही सहसचिव बालुवाटार जानुहुन्छ, तर प्रधानमन्त्रीको टाइम नमिल्दा कयौं बेर बसेर हस्ताक्षर नै नगराइकन फाइल बोकेर फर्किएका घटना पनि छन्’ अर्थ मन्त्रालयका एक अधिकारीले उज्यालो अनलाइनसँग भने । 

विशेषगरी दातृ निकायका सहयोगसम्बन्धी निर्णय गर्न विभागीय मन्त्रीको जरुरी पर्ने र त्यसको लागि अहिले निकै समस्या भएको अर्थ मन्त्रालयका कर्मचारी बताउँछन् । ‘सचिवलाई पनि निर्णयको अधिकार त छ तर राजनीतिक नेतृत्वले निर्णय जस्तो सजिलै गरी प्रशासकीय नेतृत्वले निर्णय गर्न गाह्रो रहेछ’, अर्थ मन्त्रालयका एक सहसचिवले उज्यालोसँग भने ।

रकम परिचालन, सहायता वितरण, राजश्व छुटलगायतका निर्णयमा अर्थमन्त्रीको निर्णय र हस्ताक्षर आवश्यक पर्छ तर यस्ता कामका लागि प्रधानमन्त्रीसँग समय नै नभएकाले कयौं निर्णय रोकिएको अर्थका अधिकारीको भनाइ छ । 

कर्मचारीमा जाँगर हरायो, बजेट कार्यान्वयन अलपत्र

मन्त्री नै नभएपछि अर्थ मन्त्रालयको ‘चेन अफ कमाण्ड’ भताभुङ्ग भएको छ । मन्त्री हुँदा जाँगर गरेर काम गर्ने कर्मचारी अहिले ढिलो गरी मन्त्रालय आउने र हाजिर गरेर फर्कने गरेका छन् । 

‘युवराज खतिवडा बिहान नौ बजे मन्त्रालय आइसक्नुहुन्थ्यो र राति सात बजेसम्म बस्नुहुन्थ्यो, हामीलाई पनि नौ बजे नै मन्त्रालय पुगेर राति सात बजेसम्म काम गर्न बाध्यता नै हुन्थ्यो, तर अहिले मन्त्री नै नभएपछि जाँगर हराएको छ, कतिपय कर्मचारी त ढिलो अफिस आएर हाजिर गरेर फर्किहाल्नुहुन्छ’ मन्त्रालयका एक सहसचिवले भने । 

मन्त्रालयका कामकाजका बारेमा बैठक पनि नियमित हुन छाडेको छ । बैठक नै नभएपछि जरुरी विषयमा पनि फाइलअघि बढाउन समस्या हुने गरेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि कार्यविधि र निर्देशिका बनाउने, ऐन नियमावली संशोधन गर्ने, नयाँ योजनाको बारेमा आवश्यक अध्ययन र निर्देशनको काम पनि प्रभावित भएको छ । 

‘यस्तो संकटको बेलामा बजेट कार्यान्वयन चुस्त बनाउनुपर्ने हो, तर बजेट कार्यान्वयनको लागि खासै काम अघि बढ्न सकेको छैन, दैनिक प्रशासनिक काममा मात्रै मन्त्रालय अल्झिनु परेको छ’ ती सह-सचिवको गुनासो छ । 

संकटकै बेलामा मन्त्री नहुँदा ठूलो असर पर्छ : पूर्व सचिव सुवेदी

पूर्व अर्थसचिव शान्तराज सुवेदी यस्तो संकटको बेलामा अर्थ मन्त्रालय मन्त्रीबिहिन हुँदा चौतर्फी रुपमा असर पर्ने बताउनुहुन्छ । विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि समस्यामा परेको बेला दैनिक छलफल, निर्देशन, अनुगमन गरेर चलायमान अवस्थामा ल्याउनुपर्ने मन्त्रालय नै नेतृत्वबिहिन हुँदा यसले झन ठूलो संकट निम्त्याउने सुवेदीको भनाइ छ । 

‘सेवा, कृषि र उद्योग तीनवटै क्षेत्र अहिले सुषुप्त अवस्थामा छ, यी सबै क्षेत्रलाई अघि बढाउन अर्थमन्त्री नै चाहिन्छ, अर्थमन्त्री बिनाको मन्त्रालयले यी कुरा कसरी अघि बढाउन सक्दैनन्’ पूर्व सचिव सुवेदीले भन्नुभयो । 

असार मसान्तसम्म कोरोनाको महामारी कम हुन्छ र स्थिति सहज हुन्छ भन्ने आँकलनका साथ जेठ १५ मा बजेट ल्याए पनि साउनदेखि कोरोना झनै बढेको र आर्थिक गतिविधि सरकारले अनुमान गरेभन्दा सुस्त रहेकाले यो बेलामा नयाँ तथा वैकल्पिक योजनाका साथ काम गर्नुपर्नेमा मन्त्री नहुँदा अलमल देखिएको सुवेदीको भनाइ छ । 

बजेटमा आँकलन गरिएजस्तो अवस्था नरहेकाले अहिले नै बजेटमा भएका विषयलाई परिवर्तन गर्नुपर्ने पनि देखिएको छ, तर यस्ता विषयको तयारी र निर्णय अर्थमन्त्री नहुँदा कर्मचारीले गर्न नसक्ने सुवेदीको भनाइ छ । 

‘देशमा रोजगारीको अवस्था नाजुक हुँदै गएको छ, विदेशमा रोजगारी गुमाएर फर्कनेलाई देशमै काम दिन पनि कुनै छलफल भएको सुनिएको छैन, चाडबाडको मुखमा नेपालीहरु लर्को लागेर भारत जान बाध्य छन् । यस्तो अवस्थामा बजेटमा भएका व्यवस्था कार्यान्वयन गरेर रोजगारी सृजना गर्नुपर्नेमा काम अघि बढेका छैनन । अर्थ मन्त्रालय मन्त्रीबिहिन हुँदा बजेट कार्यान्वयनमा स्वतः असर परेको देखियो’ पूर्व अर्थसचिव सुवेदीले भन्नुभयो । 

अर्थ मन्त्रालयको काम प्रत्यक्ष रुपमा अन्य विषयगत मन्त्रालयसँग जोडिएको र बजेट कार्यान्वयन तथा विकास आयोजना कार्यान्वयनसँग पनि जोडिएको मन्त्रीस्तरीय निर्णयको लागि मन्त्री नै चाहिने सुवेदीले बताउनुभयो । 

‘प्रधानमन्त्रीले सचिवहरुलाई केही बढी अधिकार त दिनुभएको होला, तर कर्मचारीतन्त्र भनेको राजनीतिक नेतृत्व जस्तो हुँदैन, आफैँले निर्णय गर्न अलि डराउने र भोलिका जोखिमबारे सतर्क रहने चलन छ, त्यसैले मन्त्री नभएको अवस्थामा निर्णय हुन मुश्किल पर्छ’, सुवेदीको भनाइ छ ।  

अर्थ मन्त्रालय मन्त्रीबिहिन हुँदा वैदेशिक अनुदानका सम्झौतामा ठूलो असर पर्ने र दातृ निकायहरुले समझदारी र हस्ताक्षर गर्दा मन्त्रीलाई नै प्राथमिकता दिने गरेको पूर्व सचिव शान्तराज सुवेदीको अनुभव छ ।

‘यो वर्ष पनि ६० अर्ब रुपैयाँभन्दा धेरै वैदेशिक अनुदान ल्याउने भनेर बजेटमा लेखिएको छ, लामो समय अर्थ मन्त्रालय मन्त्रीबिहिन अवस्थामा रहँदा वैदेशिक अनुदानको लक्ष्य पनि पूरा नहुन सक्छ’, सुवेदीले भन्नुभयो । 

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech