Advertisement
☰

ईलाका प्रहरी रामगोपालपुरले १०० लिटर अबैद्य मदिरा र २०० सय बोट गाजा नष्ट गरे

न्युजडेस्क
२०७७ माघ १५, बिहीबार २०:४९

धर्वेन्द्र कुमार यादव”यदुवन्शी”,रामगोपालपुर।

महोत्तरी प्रहरीले बिहीबार प्रहरीले १०० लिटर अबैद्य मदिरा र ५धुर जग्गामा लुकाई लगाएको गाजा नष्ट गरेका छन् ।जिल्लाको रामगोपालपुर नगरपालिकाको विभिन्न समयमा विभिन्न वडाहरुबाट बरामद गरेको अबैद्य मदिराहरु बुधबार नष्ट पारिएको हो ।

ईलाका प्रहरी कार्यालय रामगोपालपुर प्रहरी नीरिक्षक इन्द्रदेव सिंह को नेतृत्वमा खटि गएको प्रहरी टोलीले नगरपालिकाको रामगोपालपुर,बिसम्वरपुर, गोटबनौंलि लगायतका विभिन्न ठाउँमा चेकजाँच गर्दा उक्त मदिरा बरामद गरिएको थियो ।बरामद गरिएको उक्त परिमाणको अबैद्य मदिरा तथा रामगोपालपुर नगरपालिका ५स्थित लुकाई लगाएका ५धुर जाग्गा स्थानीय युवा, बुभिजीवी, पत्रकारको रोहबरमा नष्ट गरिएको हो ।

घरेलु मदिरा सेवनले केहि महिना अगाडि महोत्तरी जिल्लाको भंगहा नगरपालिका ७ को एकै टोलका ७ जनाको मृत्यू भएको तथा घरेलु मदिरा सेवनकै कारण अन्य ठाउँमा समेत कैयौँ जनाको ज्यान गएपछि प्रदेश सरकार एक्सनमा आएका हुन् ।

प्रदेश सरकारले अबैद्य घरेलु मदिरा उत्पादन, विक्री वितरणमा समेत रोक लगाउने निर्देशन दिएका हुन्

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर