Advertisement
☰

सुशान्तको सम्झनामा `पवित्र रिश्ता´ फेरी दर्शकलाई देखाइने

द प्रदेश टाइम्स
२०७७ असार २०, शनिबार २३:२६

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि उनका फ्यानहरु निराश बनेका छन् । उनको परिवार शोकाकुल अवस्थामा छन् भने बलिउडकर्मी उनको मृत्युको शोकबाट बाहिर निस्कन सकेका छैन्न । उनको बारेमा धेरै कुराहरु मिडियामा आइरहेका छन् ।

उनलाई माया गर्नेहरुले उनको आत्माको शान्तिको कामना गर्दै नेपोटिजम लाई बढवा दिएकोमा यस्तो भएको भनेर असन्तुष्टी पनि जनाइरहेका छन् ।

जुन १४ मा  बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भयो। उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर आफ्नै ज्यान फाले ।

उनको निधनले बलिउड अझै शोकमा डुबिरहेको छ । भारतिय मिडियाका अनुसार निधनपछि पनि उनी अब एक भारतीय टेलिभिजनमा देखिने भएका छन्।

उनको लोकप्रिय टिभी शो ‘पवित्र रिश्ता‘ फेरी दर्शकलाई देखाइने भएको छ। भारतिय मिडिया दैनिक भास्करका अनुसार ‘जी अनमोल च्यानल’ले उनलाई श्रद्धांजलि दिँदै उक्त शो फेरि प्रसारण गर्ने जनाएको हो । उक्त टिभी शोमा उनी मानव देशमुखको भूमिकामा थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर