Advertisement

बिरोध गरेर मधेशको विकास हुदैन ः नेता बस्नेत

न्युजडेस्क
२०७७ माघ ८, बिहीबार २१:४१

अरुण कुमार यादव
राजविराज, ८ माघ ः केपी ओली समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतले मधेसको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सप्तरी सदरमुकाम राजविराजस्थित राजरंगशालमा आयोजित पार्टी निकट युवा संघको भेलमा बिरोध गरेर मधेशको विकास सम्भव नभएको बताउदै मधेसको बिकासको लागि बर्तमान सरकार पनि लागि परेको र तराई मधेसमा धैरे बिकास गर्ने दावी गर्नुभयो ।
मधेशकै विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै अहिले पनि मधेसको बिकासका लागि सरकार हरेका ठाउँमा बिभिन्न योजनाहरुको कामहरु गरिरहेको उहाँले बताउनुभयो ।
मधेसी नागरिक रोजगारिको शुनिस्चीता गराउनको लागि समेत पहल भइरहेको भन्दै मधेसमा कृषि,हुलाकी सडक निर्माण र राजविराजमा रहेको गजेन्द्र नारायण सिँह औधोगिक क्षेत्रको निर्माणका लागि पहल भइरहेको बताउनुभयो ।

मधेसमा कृषि उद्योगी,सडकबाटो,मदन भण्डारी मार्ग निर्माण लगायतका कामहरु भइरहेको बताउदै यहाँका जनताका लागि चाहिने योजना अनुसार काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेता बस्नेतले नेताहरुले पनि व्यक्तिगत स्वार्थको कुरा त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी छ । मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै उहाँले यो तरिकाले मधेशको विकास नहुने जिकिर गर्नुभयो
मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उहाँले आफूहरुले कार्यक्रम गर्दा पनि बाधा अवरोध बिना शान्तिपूर्वक कार्यक्रम गर्न पाउने अपेक्षा राखेको बताउनुभयो ।
मधेसको बिकासका लागि माग लिएर आएमा हामी बिकास गर्न तेयार रहेको बताउदै राजविराजको सडक र जनताहरुको हितमा हुने कामको लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कोभिड १९ का भ्याक्सिनका २० लाख डोज भारतबाट सरकारले ल्याएको भन्दै सरकारले भारतबाट थप एक करोड खोपको सम्झोता भएको बताउनुभयो ।
केही दिनभित्रै मधेशवादी दलमा ठुलो पहिरो जाने भन्दै जनता समाजवादी पार्टीका नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने बताउनुभयो ।
‘युवा संघको अभियानमा जसपाका ५ जना केन्द्रीय सदस्य प्रवेश गरेको बताउदै “केहि दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ कि मधेशवादी दलमा निक्कै ठुलो पहिरो जाने उहाँले बताउनुभयो ।

आफ्नो कार्यक्रम हुन नदिन यहाँका मधेवादी नेताले गरेको प्रयासलाई ‘हामी हलभित्र सिमित हुन सक्दैनौं . हामी ठुलो कार्यक्रम गर्न चाहन्छौं’ उहाँले भन्नुभयो लोकतन्त्रमा सभा, सम्मेलन गर्ने, पार्टी प्रवेश गराउने कामलाई स्वभाविक मान्न सकिने बताउनुभयो ।
‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उहाँले “नेकपा अहिलेको टिपर हो . निहुँ खोज्नेहरु मोटरसाइकल हो हामी संग निहुँ नखोज्न’स् .”
नेता बस्नेतको अगुवाईमा मोटरसाइकल ¥याली र अन्तरकृया कार्यक्रम निर्धारण भएपछि प्रचण्ड–माधव समुहको नेकपाका कार्यक्रम बिथोल्न सकिने भन्दै ७ जना नेता÷कार्यकर्तालाई प्रहरीले राजविराजबाट पक्राउ गरेको थियो । –––

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर