Advertisement
☰

पाँचखालबाट सुन चोरेर भाग्ने ५ जना ठमेलबाट पक्राउ

न्युजडेस्क
२०७७ मंसिर २९, सोमबार ०८:०३

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्।

शनिबार पाँचखालको एक घरबाट ३८ तोला सुन चोरीर भागेका ५ जनालाई आइतबार महानगरिय प्रहरी वृत्त लैनचौरवाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा ओखलढ्ङ्गा सिद्बीचरण न।पा।वडा नं ५ घर भई हाल का।जि।का।म।न।पा।वडा नं ६ बस्ने २७ को देबराज दाहाल रहेकाछन् । उनको साथ बाट सुन जस्तो देखिन पहेलो धातुका बिभिन्न तयारी गहना २३७ ग्राम भेटिएको हो ।

त्यसैगरि सिन्धुपाल्चोक मेलम्ची न।पा।वडा नं ११ घर भई हाल का।जि।का।म।न।पा।वडा नं ११ बस्ने बर्ष २४ को रामचन्द्र चालिसको साथ बाट सुन जस्तो देखिन पहेलो धातुका बिभिन्न तयारी गहना २१० ग्राम बरामत भएको छ ।

काभ्रेपलान्चोक धुलिखेल न।पा।वडा नं १ घर भई हाल का।जि।का।म।न।पा।वडा नं ६ बस्ने बर्ष २३ का राम तामाङ९चोरी कार्यमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरि काभ्रे धुलिखेल न।पा।वडा नं ७ घर भई हाल का।जि।का।म।न।पा।वडा नं ६ बौद्ब बस्ने बर्ष १८ को हुई बहादुर तामाङ ९चोरी कार्यमा संलग्न रहेकाछन् ।

काभ्रे धुलिखेल न।पा।वडा नं १ घर भई हाल का।जि।का।मन।पा।वडा नं ६ बस्ने बर्ष १८ को राजन तामाङ ९मुख्य चोरी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर