भारतीय अधिकारीले भौतिक दुरीसहित स्वास्थ्य मापदण्डका नियमलाई कडाइका साथ पालना गर्दै ताजमहल खुलेको जानकारी दिएका छन् ।
अहिले त्यहाँ दैनिक भ्रमण गर्नेको सङ्ख्या पाँच हजारमा सीमित गरिएको छ । तर निकै कम सङ्ख्यामा पर्यटकहरु पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामान्य अवस्थामा ताजमहल भित्र जानका लागि निकै लामो लाइन लाग्ने गथ्र्याे तर सोमबार भने निकै कम सङ्ख्यामा पर्यटकहरु देखिएका थिए ।
कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षाको लागि सामूहिक तस्बिर लिन प्रतिबन्ध लगाइएको छ । साथै ताजमहल प्रवेश गर्नुअघि पर्यटकहरुको शरीरको तापक्रम लिइने गरिएको छ र डिजिटल टिकटको व्यवस्था गरिएको छ ।
कोरोनाअघि यो स्मारक हेर्न वर्षमा झण्डै ७० लाख मानिस त्यहाँ पुग्ने गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्