Advertisement
☰

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा छलफल

न्युजडेस्क
२०७७ पुष ९, बिहीबार १६:५९

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

स्राेतका अनुसार राजदूत यान्छीले बिहीबार बिहान ९ बजेपिछ भेट गरेकी र करिब आधा घन्टा छलफल भएकाे थियाे ।

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर